चुनाव निर्धारित समयमै हुन्छ: मन्त्री गिरी

दाङ, चैत १९ । सिँचाइ मन्त्री दीपक गिरीले सबै दललाई साथमा लिएर स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले सबैको भावनालाई सम्बोधन गरी सरकारले चुनाव गराउन लागि परेको बताउनुभयो ।

याे पनि पढ्नुस  चुनाव तोकिएकै मितिमा हुन्छः मन्त्री गिरी

उहाँले असन्तुष्ट मधेसी दललाई चुनावमा सहभागी गराउन विभिन्न बैठक तथा छलफल भइरहेको बताउँदै चुनाव हुनेमा ढुक्क हुनआग्रह गर्नुभयो ।

‘लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव हुनुपर्छ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार लाग्नेछ उहाँले भन्नुभयो ।’

याे पनि पढ्नुस  चुनाव तोकिएकै मितिमा हुन्छः मन्त्री गिरी

उहाँले आफू सिँचाइ मन्त्री भएपछि विभिन्न सिँचाइ योजना सुरु गरेको बताउँदै सो योजना के–कति काम भयो र विकास निर्माणको बारेमा बुझ्न जिल्ला आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्