चुनावअघि नै मधेशी दलसँग सहमति: पुर्वमन्त्री भट्ट 

अत्तरिया, चैत १९ । नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन  ।

स्थानीय तहको निर्वाचन चनको बारे माओवादी केन्द्रको तयारीबारे जानकारी गराउन शनिबार  अत्तरियामा अयोजित पत्रकार सम्मेलनमा उनले  सो कुरा बताएका हुन  ।

पूर्व मन्त्री समेत रहेका नेता भट्टले मदेशवादी दलहरुसँग सरकारको निरन्तर छलफल गरिरहेकोले  चुनाव अगावै सहमति हुन सक्ने बताए  ।

उनले भने – सात नम्बर प्रदेशमा हामीले  सगठन बिस्तार कार्य तीव्र पारेको छौ , निर्वाचनमा काँङ्ग्रेस एमालेसँग मुख्य प्रतिस्पर्धा हुन्छ  ।

भट्टले सात नम्बर प्रदेशमा कतै एमालेसँग कतै काँङ्ग्रेससँग प्रतिस्पर्धा हुने बताए । माओवादी केन्द्र सात नम्बर प्रदेशका इन्चार्ज समेत रहेका नेता भट्टले चैत २५ गते भित्र सात नम्बर प्रदेशका सबै नगरपालिका, गाउँपालिका र वडाका उम्मेदवारहरुको टुङ्गो लगाइसक्ने बताए  ।

सात नम्बर प्रदेशमा माओवादी केन्द्रले पार्टीबाट अलग भएका सबैलाई पार्टी भित्र ल्याउने अभियान तीव्र पारेकोले चुनाव अघी नै बैद्य माओवादी र नयाँ शक्तीबाट ठुलो सङ्यामा नेता कार्यक्रता पार्टीमा भित्रिने उनले दाबी गरे  ।

संघीयता , गणतन्त्र, समाबेशीता माओवादीको एजेण्डा भएकोले स्थानीय तहको निर्वाचनमा जनताले अाफ्नो पार्टीलाई भोट दिनेमा आफु बिश्वस्त रहेको भट्टले तर्क गरे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: