चीनमा लामो दाह्री पाल्न र अनुहार ढाक्न नपाइने !

काठमाडौं, चैत १९ । इस्लामवादी उग्रवादी ठान्ने समूह विरुद्धको अभियानलाई बेइजिङले तीव्र बनाइरहँदा पश्चिम चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून कार्यान्वयनमा ल्याइएको छ ।

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको हो ।

याे पनि पढ्नुस  राष्ट्रपति सी र प्रधानमन्त्री महाथिर भेटवार्ता

अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा वढेको वताएका छन् ।

नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्ने सहितका प्रावधान छन ।

याे पनि पढ्नुस  चीनका लागि जापानले बनायाे विद्युतीय कार

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्