गैँडा मार्ने अभियुक्त सात वर्षपछि पक्राउ

चितवन, चैत १९। दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको हो ।

निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । रानामगरलाई दुई दिनअघि नवलपरासीको चोरमाराबाट पक्राउ गरिएको होे ।

याे पनि पढ्नुस  हत्यापछि १० दिन घरअगाडि गाडेर पुनः झिकी जंगलमा गाड्ने एक दर्जन पक्राउ

विसं २०६६ असोज २७ गते उनीमाथि गैँडा मारी खाग बिक्री गरेको आरोपमा मुद्दा दायर भएको थियो । विसं २०६९ जेठ १७ गते चितवन राष्ट्रिय निकुञ्जले रानामगरलाई १५ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

याे पनि पढ्नुस  कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध तस्करको मृत्यु

स्वदेश र विदेशमा लुक्दैआएका उनलाई सुराक सञ्जालका आधारमा पक्राउ गरिएको हो । सोही मुद्दाका अर्को अभियुक्त कोल्हुवा–३ का खड्गनारायण महतो हाल पनि भरतपुर कारागारमै रहेका छन् ।

कमेन्ट गर्नुहोस्