भारतले माफी माग्दै शहिद गौतमको परिवारलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय सीमा सुरक्षा बलको गोली लागी मृत्यु भएका कञ्चनपुर पुनरर्वास नगरपालिका आनन्द बजारका सहिद गोविन्द गौतमको परिवारलाई भारतले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’को कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पुनर्वास घटनामा भारतले क्षतिपूर्ति दिई माफी माग्नुपर्ने बताएका हुन् ।

‘यो विषयमा हामीले गम्भिर ढंगले कुरा राखेका छौं’ –प्रचण्डले भने, ‘हाम्रो देशमा भारतीय प्रहरीले गरेको घटनाको निन्दा गर्दै भारतसँग जवाफ मागेका हौं । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्ने भनेका छन् ।’

उक्त घटनामा भारतले माफी मागरे क्षतिपूर्ति दिन सरकारले औपचारिक रुपमा भारतलाई भनेको समेत प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्