सयौं कार्यकर्ता वाईसीएलमा प्रवेश

सिन्धुपाल्चोक, १९ चैत । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल नेपालमा कांग्रेस, एमाले राप्रपााबाट सयौं कार्यकर्ता वाईसीयलमा प्रवेश गरेका छन् ।

वाईसीएल सिन्धुपाल्चोकको चौथो जिल्ला सम्मेलनमा एमाले, कांग्रेस र राप्रपाका क्षेत्रीय तहका कार्यकर्ता सहित १ सय भन्दा बढी कार्यकर्ताहरु प्रवेश गरेका हुन ।

चौताराको शहीद स्मृति भवनको सभाहलमा भएको वाईसीयलको उद्घाटन समाराेह केन्द्रका फ्याक्सन सहईन्चार्ज आरसी शर्मा विज्ञानको प्रमुख आतिथ्यमा भएको थियाे ।

सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्मवोधन गर्दे प्रमुख अतिथि शर्माले एमालेको नक्कली राष्ट्रवादको भ्रमलाई चिर्न वाईसीयलको सम्मेलन महत्वपूर्ण हुने बताए । एमाले जनतालाई केही समय भ्रम छर्न देखिएपनि धेरै समय नटिक्ने बताए ।

जिल्लाभरबाट हलमा उपस्थित सयौं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता शर्माले माओवादी आन्दोलन र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई जोगानको लागी वाईसीयलको सबभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका पार्टी ईन्चार्ज कृष्ण प्रसाद सापकोटा देश बन्धुले सिंहदरवारमा भएको अधिकारलाई माओवादी केन्द्रले स्थानीय चुनाव मार्फ जनताको बीचमा ल्याउन सफल भएको वताए ।

उनले बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता लगाएत एजेण्डाहरु स्थानीय चुनाबमा माओवादी केन्द्रको सुनिश्चत रहेको बताए ।

त्यस्तै जिल्ला सह–इन्चार्च केशव नेपालले कार्यक्रममा उपस्थित हजारैं युवाहरुको अबको जागरणले माओवादी केन्द्रले आफ्नो शक्ति मजवुत सहयोगी भूमिका रहने बताए ।

त्यसैगरी कार्यक्रमका अर्का विशेष अतिथि माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक दावा तामाङले अबको चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन कसैले नरोक्ने ठोकुवा गरे । संयोजक तामाङले वाईसीयल सिन्धुपाल्चोकमा देखिएको उत्साहाले विरोधीहरुमा भूंईचालो आएको बताए ।
कार्यक्रममा जिल्ला पार्टी नेताहरु झम्क पराजुली, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, युवराज दुलाल, माधव सापकोटा, प्रेम सापकोटा, अमानसिं तामाङ, नेत्रप्रसाद दंगाल, भोला सापकोटा, अमृता नेपाल र सरलसहयात्री पौड्याल लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम वाईसीयल जिल्ला संयोजक ललित श्रेष्ठको सभापतित्व तथा प्रलाद चौलागाईले कार्यक्रमको सञ्चालन गरेका थिए । सम्मेलनले पदाधिकारीको टुङ्गो आइतबारसम्म टुङ्निे आयोजक समितिका संयोजक ललित श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: