धनगढीमा ३ करोड बढी रकम ठगेर व्यापारी फरार

लोकेश धामी, धनगढी
कैलालीको धनगढीमा पछिल्लो एक वर्षमा सर्वसाधारण तथा व्यवसायीको करोडौ रुपैया डुबाएर चार जना व्यवसायी फरार भएका छन् ।

पछिल्लो साता धनगढीको चौराहा स्थित चिराग टेडर्सका सञ्चालक बिकास अग्रवाल (बिक्की) फरार भएका छन् । उनी धनगढी, नेपालगञ्ज, भैरहवा, बिराटनर, बिरगञ्जका १० जनाभन्दा बढि व्यक्तिको ३ करोड रुपैया भन्दा बढि रकम नतिरेरै भागेका छन् । उनी भागेपछि धेरै व्यापारीहरु अप्ठ्यारोमा परेका छन् । केहीको त बिचल्ली नै भएको छ ।

बिरगञ्जका एक जना व्यापारीको एक करोड ५० लाख रुपैया नतिरेरै भागेका अग्रवालले नेपालगञ्जका मखन धामीको ५९ लाख डुबाएका छन् । त्यस्तै धनगढीका व्यवसायी हरीशंकर ठाकुरको २२ लाख, ओमप्रकाश अग्रवालको १४ लाख, आरपी फ्लोर मिलको ९ लाख डुबाएका छन् । त्यस्तै अग्रवाल पुरवार पेट्रोल पम्पका सञ्चालक मोहित पुरवार, सत्यप्रकाश मोहपाल र भैरहवाका एक व्यक्तिको १४ लाख रुपैया नतिरेरै भागेका छन् ।

धनगढीमा राम्रो व्यवसाय गरेका कारण अग्रवाललाई अधिकांश पुराना व्यवसायले उनलाई सहयोग गरेका थिए । विश्वासका आधारमा सहयोग गर्ने सबै व्यवसायीहरुलाई अग्रवाल फरार भएका हुन् । उनले बजारबाट एक करोड रुपैया भन्दा बढि रकम उठाउन बाँकी रहेको समेत स्रोतले जनाएको छ । बजारबाट उठाउनु पर्ने रकम भन्दा व्यवसायीलाई तिर्नु पर्ने रकम बढि भएपछि अग्रवाल फरार भएको बताइएको छ । करोडौ रुपैया ठगि गरेर भागेपनि उनका बिरुद्ध प्रहरीमा उजुरी भने परेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: