बाबुराम भट्टराई गिरफ्तार

महेन्द्र पुलिस क्लवमा सुरु गरे धर्ना

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपाल संयोजक बाबुराम भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । दलीय हैसियतमा निर्वाचन चिन्ह पाउनुपर्ने माग राख्दै आइतबार निर्वाचन कार्यालय घेराउ गर्न पुगेका उनलाई कान्तिपथबाट प्रहरीले प्रक्राउ गरेको हो ।

उनीसँगै हिसिला यमी, सांसद गंगा चौधरी, पर्शुराम खापुंग लगाएत गिरफ्तारीमा परेका छन् ।नयाँ शक्ति पार्टी सहित ६२ साना दलले आज देशैभरका निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका थिए ।

बाबुरामले निर्वाचन अायोगको निषेधित क्षेत्र घेर्नको लागि सार्वजनिक अपिल गरेर ट्वीट गरेका थिए ।

प्रहरीले भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको छ ।

महेन्द्र पुलिस क्लवमा धर्ना सुरु

निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् ।

२ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् ।

संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् ।

निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: