बीमाको चुक्ता पूँजी बढाउने निर्णयले गर्दा आइतबार शेयर बजार बढ्ने

काठमाडौं, चैत २० । आइतबार शेयर बजार बढने संकेत देखिएको छ । बीमा समितिले बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी चार गुणाले वृद्धि गरेपछि त्यसको शेयर बजार  ह्वात्तै बढ्ने भएको हो ।

शुक्रबार बसेको बीमा समिति सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको ४ गुणले वृद्धि गरि न्यूनतम जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको छ । २०७५ साल असार मसान्तभित्र वीमा कम्पनीहरुले तोकिएको चुक्ता पूँजी पु¥याइ सक्नुपर्छ ।

बजारमा यो खबरको सकारात्मक प्रभाव पर्ने भएको हो । कारण बिमा कम्पनीहरुको चुक्तापूँर्जी वृद्धिको हल्ला मात्र आउँदा समेत बिमा समूहको सूचकले बुुर्कुुसी माथ्र्यो भने अब निर्णय नै भएपछि नबढ्ने भन्ने प्रश्नै उठ्दैन । अबको केही दिनसम्म बिमा कम्पनीहरुको सेयर किनबेचमा मारामार हुुने प्रष्ट संभावना छ ।

यस्तै, चुक्तापूँजी वृद्धि गर्नुपर्ने हुँदा कतिपय बिमा कम्पनीबीच मर्जर हुने, आफैं पूँजी पुर्याउनुपर्ने कम्पनीहरुले ठूलो मात्रामा हकप्रद र बोनस सेयर जारी गर्नुपर्ने अवस्था समेत आउनेछ । यसले ठूलो परिमाणमा सेयरको आपूर्ति बढाई बजारमा अवसरहरुका थप बाटो खोलिदिने विश्वास गर्न सकिन्छ ।

समितिले शुक्रबार निर्णय गर्दै विद्यमान जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५० करोडबाट २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँबाट १ अर्ब रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

‘हामीले बिमा कम्पनीहरुलाई पूँजी बढाउन तीन वटा विकल्प दिएका छौं’ बिमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एभरेष्ट दैनिक डटकमसँग भने, ‘नाफाबाट वोनस, लगानीकर्ताले हकप्रदबाट पूँजी थप्ने वा मर्जर गरेर भए पनि पूँजी पु¥याउनु पर्छ ।’

बिमा समितिले यसअघि पूँजी बृद्धि योजना नल्याए पनि पूँजी बढाउने उद्देश्यले नगद लाभांस वितरण गर्न रोकेको थियो । कम्पनीहरुले नाफा वितरण वोनस शेयर गरेर दिनुपर्थ्यो ।

चापागाईँले विदेशी बिमा कम्पनीहरुका शाखाहरुलाई पनि नयाँ ब्यवस्थाभित्र समेटिएको जानकारी दिए । उनका अनुसार नेपालमा सञ्चालनमा रहेका स्वदेशीका साथै विदेशीले पनि पूँजी बढाउनु पर्ने वाध्यात्मक व्यवस्था गरिएको हो ।

हाल नेपालमा जीवन बीमा कम्पनी ९ वटा र निर्जीवन बीमा कम्पनी १७ वटा रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्