बाबुरामले लेखे-जीवनमा पाँच पटक जेल परेँ, पाँचौं गिरफ्तारी गणतान्त्रिक सरकारबाट

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जीवनमा पाचौं राजनीतिक गिरफ्तारी भोगेको बताएका छन् ।

आइतबार काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन कार्यालय घेराउ गर्न गएका उनी सहित सयजनलाई प्रहरीले पक्राउ गरेपछि उनले जीवनको पाँचौं गिरफ्तारी भएको बताएका हुन् । भट्टराईसहित हिसिला यमी बैद्य माअोवादीका सीपि गजुरेल लगायतका सय जना नेतालाई प्रहरीले नेपाल प्रहरी २ नम्बर गण महाराजगन्जबाट महेन्द्र पुलिस क्लब सारिएको छ ।

भट्टराईले कुन सरकारको पालामा कहाँ कहाँ पक्राउ परेको उल्लेख गरेका छन् ।

राजनीतिक जीवनको सुरुवात सुरु गर्दा भट्टराई पहिलो पल्ट २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा पक्राउ परेका थिए । दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा पक्राउ परेका थिए भने चौथो बहुदलीय व्यवस्थामा गिरीजा प्रसाद कोइरालाको पालामा २०५० सालमा पक्राउ परेको समाजिक सञ्जाल फेसबुक र टवीटरमा सार्वजनिक गरेका छन् ।

उनले गणतान्त्रिक सरकारले पनि अन्य सरकारले जस्तै पक्राउ गरेकोमा व्यङ्ग गरेका छन् । पाँचौं पटकको पक्राउ भने प्रचण्ड नेतृत्वको गणतान्त्रिक सरकारले गरेको उनले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: