केन्द्रीय नेता पराजुलीले पनि छोडे बाबुरामको नयाँ शक्ति पार्टी

काठमाडौं, चैत २० । स्थानीय तहको चुनाव नजिकिदैँ जाँदा नयाँ शक्ति पार्टी छोडेर माअहोवादी केन्द्रमा प्रवेश हुने नेताहरुको संख्या बढ्दै गएको छ ।

शनिबार मात्रै नयाँशक्ति नेपालका प्रभावशाली केन्द्रीय नेता ध्रुव पराजुली ‘सन्तोष’ ले नयाँशक्ति नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।

पराजुलीले नयाँ शक्ति पार्टीको भिजन नै नभएको बताएका छन् । ‘न भिजन छ, न काम गर्ने क्रियाशीलता यस्तो पार्टीमा बसेर भागीदार बन्न सकिएन,’ उनले भनेका छन् ।
नयाँशक्तिमा बसिरहनुको औचित्य नभएको बताएका पराजुलीले अर्को राजनीतिक संलग्नताबारे भने आफुले छलफल गरिरहेको बताए ।

सिन्धुपाल्चोकका पुराना तथा इमान्दार नेता पराजुली माओवादी जनयुद्दका एक सशक्त नेता समेत हुन् । पुर्वमा जनयुद्दको विस्तार तथा माओवादी निर्माणमा अंहम र नेतृत्वदायी भूमिका खेलेका पराजुली नयाँ शक्ति गतिहिनतासँग असन्तुष्ट थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: