७५ हजारले कोरिया भाषा परीक्षामा आवेदन, कृषि क्षेत्रमा मात्रै ५४ हजारले दिए आवेदन

काठमाडौं, चैत २० । दक्षिण कोरियामा रोजगारीका लागि जान यसपालि करिब ७५ हजारले भरेका छन् ।

मुलुकभरबाट गत ९ गते कोरिया भाषा परीक्षाका लागि बिहान १० बजेदेखि हिजो अपरान्ह ४ बजेसम्ममा करिब ७४ हजार ८ सय २५ जनाले अनलाइन मार्फत आवेदन भरेका छन् ।

ईपिएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार ग्लोवल बैंकमा भने ७५ हजार ९ सय २५ जनाले परीक्षा दस्तुर बुझाएका छन् ।

याे पनि पढ्नुस   कोरिया जान अब सीप परीक्षण पनि अनिवार्य

उनीहरुले गएराती १२ बजेसम्म ईपिएसको आवेदन दर्ता गर्न पाउने भएकाले आवेदकको संख्या अझ बढने उनको भनाइ छ ।

२०१६ मा ८ हजार कोटाका लागि ६३ हजार र २०१५ मा ५१ हजारले आवेदन दिएका थिए । कोरिया सरकारले २०१८ का लागि १० हजार भन्दा बढी कोटा नेपाललाई छुट्याएको छ ।

याे पनि पढ्नुस  कोरिया जाने कामदारको हवाइ भाडा २३ % ले घट्यो, कराेडाै‌ं बचत

यसपालिका आवेदकमध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक छ । कुल आवेदकमध्ये ५४ हजार ७ सयले कृषि क्षेत्रमा आवेदन दिएका छन् ।
कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार भन्दा बढी छ ।

त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिनेमा २२ हजार ४ सय पुरुष छन् ।

याे पनि पढ्नुस  आणविक अस्त्रबिहीन कोरिया को पक्षमा ७० प्रतिशत नागरिक

ईपिएस शाखाले आवेदन दिंदा गल्ति गरेका आवेदकहरुलाई २० गतेदेखि २५ गतेसम्म विवरण सच्याउने म्याद दिएको छ ।

कमेन्ट गर्नुहोस्