एसईई परीक्षार्थीका लागि एनसेलको नयाँ अफर

काठमाडौं, २० चैत । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि एनसेलले नयाँ अफर ल्याएकाे छ ।

‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।

यो योजना आइतबारदेखि लागु हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना परीक्षार्थीले सिम खरीद गरी ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरे पछि बिना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्ने एनसेलले जनाएको छ ।

माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् ।

माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

‘‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई संवोधन गर्ने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: