बाबुरामकै अनुरोधमा प्रहरीबाट गिरफ्तार गराएको खुलासा

काठमाडौं, चैत २० । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईकै आग्रहमा प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।

आइतबार दललाई सरह चुनाव चिन्ह दिनुपर्ने माग राखेर काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराई सहित सय जना नेतालाई भट्टराईकै आग्रहमा पक्राउ गरिएको गृह स्रोतले एभरेष्टदैनिक डटकमलाई बताएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार बाबुराम भट्टराईले गृहमन्त्री विमलेन्द्र निधि र गृहसचिव लोकदर्शन रेग्मीलाई फोन गरी आफैँलाई गिरफ्तारी गर्न आग्रह गरेका थिए । उनले गणतान्त्रिक सरकारले अाफूलाई पक्राउ गर्यो भनेर प्रचार गर्न पनि अाँफै पक्राउ गराउन खोजेका थिए भट्टराईको भनाइ उधृत गर्दै स्रोतले जनाएको छ ।

‘कार्यकर्ता प्रदर्शनमा उत्रिन सक्छन,लाठी चार्ज नगरी सिधैँ हामीलाई पक्राउ गरिदिनु,’ भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

निर्वाचन कार्यलयमा रहेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, अायोग घेर्न जानू अघि भट्टराईले अाक्रामक ट्वीट गरेका थिए । उनले लेखेका छन् ।

भट्टराईकै अनुरोधमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: