प्रहरी हवल्दार सहित ६ जना सुन चोरीको आरोपमा पक्राउ

न्युरोडबाट सुन चोरी प्रकरण

काठमाडौं, चैत २० । सोह्रखुट्टे प्रहरी वृत्तका हबल्दारसहित ६४ तोला सुन चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

सोह्रखुट्टे प्रहरी बृत्तका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी विष्णु केसीले जानकारी दिए ।

न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६४ तोला सुन लुटपाट भएको थियो ।

पक्राउ गरिएकाहरुसँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: