नयाँ वर्षमा एलजी ब्राण्डले ल्यायो यस्तो योजना

काठमाडौं, चैत २० । एलजी ब्राण्डले नयाँ वर्ष २०७४ को अवसरमा ‘सेलेब्रेट न्यू एयर लाइक नेभर विफोर’ भन्ने मूल नाराका साथ आफ्नो योजना बजारमा ल्याएको छ । एलजीको हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहारका साथै ग्राहकहरुको जीवनमा नयाँ उत्साहजनक प्रत्याभूति दिलाउनु यस योजनाको मुख्य उद्देश्य रहेको छ ।

एलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत एलजी टिभीको खरिदमा दुई वर्षको पूरा वारेण्टी र २० प्रतिशत छुटसँगै ५५ इन्च ओलेड टिभी तथा ६० इन्च वा सोभन्दा माथिका युएचडी टिभीको खरिदमा मेघौली सेराज ताज सफारी लज जाने अवसर प्राप्त गर्न गर्न सक्नुहुने छ ।

याे पनि पढ्नुस  ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि सुझाव

जसअन्तर्गत दुईजनाको लागि (२ रात र ३ दिन) बस्ने व्यवस्था गरिएको छ । साथै २० इन्चदेखि ३२ इन्चसम्म लेड टिभी को खरिदमा फ्रि एलजी गेम रिमोट, ३२ इन्चदेखि ४३ इन्चसम्म स्मार्ट लेड टिभी को खरिदमा फ्रि म्याजिक मोसन रिमोट÷एलजी ब्लुटुथ स्पिकर त्यस्तै ४३ इन्च, ४९ इन्च र ५५ इन्च युएचडीको खरिदमा फ्रि होम थ्रेटर सिष्टम प्राप्त गर्न सक्नु हुनेछ ।

याे पनि पढ्नुस  जनताको मार्का खुलामञ्चबाट देखे विप्लवले

ग्राहक महानुभावहरुले एलजी होम एप्लाइन्स अफर अन्तर्गत साइड बाई साइड रेफ्रिजेरेटरको खरिदलमा रु १३, १९० मूल्य पर्ने एलजी माइक्रोवेभ ओभन, डबल डोर रेफ्रिरेजेटरको खरिदमा रु ३,१३० मूल्य पर्ने पिजन मिक्चर ग्रिन्डर, फ्रन्छ लोड वासिङ मेसिनको खरिदमा रु.३,४४० मूल्य पर्ने पिजन सुपर कुकर, टप लोड वासिङ मेसिनको खरिदमा रु १,२७० मूल्य पर्ने पिजन कडाइ, माइक्रोवेभ ओभनको खरिदमा रु २००० मूल्य पर्ने एलजी कुकिङ किट तथा फ्रि कुकिङ डिसवासरको खरिदमा रु १५०० मूल्य पर्ने डिटर्जेन्ट, लिक्वेड र एयर कन्डिस्नरको खरिदमा रु २,५०० लागन पर्ने फ्रि इन्स्टिलेसन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्नुहुने छ ।

याे पनि पढ्नुस  ग्रीनसिटी अस्पतालले दियो निःशुल्क स्वास्थ्य सेवा

यो योजना चैत २० गतेदेखि सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

कमेन्ट गर्नुहोस्