पेट्रोल पम्पमा भीषण आगलागी, वाणिज्य बैङकको कार्यालय पनि जल्यो

बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट

डोटी, चैत २० । सदरमुकाम दिपायलमा रहेको जेबी आयल स्टोरमा आगलागी भएको छ । व्यस्त बजारमा रहेको पम्पमा आगो लागेको आगलागीका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । आइतबार दिउँसो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

आगलागीबाट पम्प नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय जलेको छ ।

पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । तर कति रकम जल्यो भन्ने बारेमा केही बताइएको छैन ।

व्यस्त बजारमा लागेको आगो दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरे पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।

पम्पबाट सुरु भएको आगो नजिकैका घरमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आागलागिको कारण कारण खुलेको छैन ।

कमेन्ट गर्नुहोस्