पेट्रोलपम्पबाट सल्किएको आगोले चार घर नष्ट, बैङ्कमा रहेको नगद पनि जल्यो

डोटी, चैत २० । डोटीको सदरमुकाम दीपायलको पिपल्ला बजारमा भएको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

जेभी आयल स्टोर्सबाट सल्किएको आगोले आसपासका चारवटा घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अहिले पनि आगलागी जारी छ ।


नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । व्यस्त बजारमा रहेको पम्पमा लागेको आगोले नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंक पनि जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका

स्थानीय बासिन्दा, सुरक्षाकर्मी लगायतले आगो निभाउने प्रयास जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: