‘धर्मयुद्ध’ बाट चलचित्रमा फर्किए छन् धिरेन (प्रोमोसहित)

काठमाडौं, चैत २० । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेता धिरेन शाक्यको जगजगी थियो ।

तर, पछि एक्कासी धिरेन शाक्य कहाँ गए, कता गए, के गर्दैछन् कसैलाई कुनै पत्तो समेत थिएन । लामो वर्षपछि फेरि चर्चित अभिनेता धिरेन शाक्य नेपाली चलचित्र क्षेत्रमा फर्किएका छन् ।

यही चैत २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘धर्मयुद्ध’ मा धिरेन शाक्यले अभिनय गरेका छन् ।

रिलिजको सम्पूर्ण तयारी सकेपछि चलचित्रको प्रोमो यु–ट्युबमा रिलिज गरिएको छ ।

यो प्रोमो एमएमएस इन्टरटेनमेन्टले यु–ट्युबमा सार्वजनिक गरेको हो ।

यस चलचित्रबाट धिरेनले दर्शकबाट कस्तो रेश्पोन्स पाउने हुन्, त्यो चैत २५ पछि नै थाहा हुनेछ । तर, निर्माण पक्षले पनि चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरेको छ ।

सुमन खड्का निर्देशित यस चलचित्रमा धिरेनका अलावा राज छितिज, सुमन खड्का, मोनिका दाहाल, निशा शाह, नेहा खड्कालगायतको मुख्य अभिनय रहेको छ ।

यस चलचित्रलाई अनिल श्रेष्ठले निर्माण गरेको हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: