दुईघण्टापछि नियन्त्रणमा आयो डोटी पिपल्ला बजारको आगलागी

डोटी, चैत २० । डोटीको सदरमुकाम दीपायलको पिपल्ला बजारमा भएको भीषण आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

धनगढीबाट पेट्रोल लिएर आएको ना २ ख ४५७९ नम्बरको ट्यांकरबाट पिपल्लाबजार स्थित प्रकाश कपड्यालले सञ्चालन गरेको जेवी पेट्रोल पम्पमा पेट्रोल अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको थियो ।

पेट्रोल पम्मबाट सुरु भएको आगलागीले ४ वटा घर र त्यसमा राखिएका पसल पलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरिक्षक डिल बहादुर कुवरका अनुसार आगलागिबाट प्रकास कपडेलको नाममा रहेको जेबी आयल स्टोर, सुरज सोपको शैलेश्वरी सुनचाँदी पसल, बाशुदेव गौतमको शैलेश्वरी अपसेट प्रेस र लोकेन्द्र बिष्टको चियापसल जलेर खरानी भएका छन् । त्यसैगरी शैलेश्वरी अपसेट प्रेस भएकै घरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा सामान्य क्षति पुगेको छ ।

दिपायल सिलगढी नगरपालीकाको दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरी र स्थानीय ब्यापारीहरु आगो नियन्त्रणमा लागेका छन् । आगो नियन्त्रणमा आईसकेको प्रहरीले बताएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले नियन्त्रणमा लिएका हुन् । आगोले आसपासका चारवटा घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्