काठमाडौंको ६ स्थानलाई निषेधित क्षेत्र घाेषणा

काठमाडौं, चैत २० । सुरक्षा संवेदनशीलता भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधनीमाका ६ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्रमा जुलुस, धर्ना, घेराउ, प्रदर्शन जस्ता आन्दोलन र विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

निषेधित घोषणा गरिएका क्षेत्रहरुमा निर्वाचन आयोग भएको बहादुर भवनको उत्तरी क्षेत्र केशर महल, शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ वानेश्वर रहेका छन् ।

कमेन्ट गर्नुहोस्