बाबुरामले चुनाव चिन्ह नपाएसम्म प्रहरी कार्यलयमै आन्दोलन गर्ने

काठमाडौं, चैत २० । ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलले मात्रै दलको हैसियतमा चुनाव चिन्ह पाउने र संसद बाहिरका दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने निर्वाचन ऐन जारी गरिएपछि आन्दोलनमा उत्रिएको नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई प्रहरीले आज पक्राउ गरेको छ ।

६२ साना दलहरुलाई साथमा लिएर घोषित रुपमा आन्दोलनमा उत्रिएको नयाँ शक्ति पार्टी नेपालले अब आफ्नो चुनाव चिन्ह नपाएसम्म हिरासतमै बसेर पनि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पक्राउ पश्चात नयाँ शक्ति पार्टी संयोजक डा. भट्टराइले आफ्नो जीवनकालमा यो पाँचौं गिरफ्तारी भएको भन्दे फेसबुक तथा ट्वीटरमा सार्वजनिक गरेका छन् । उसोत : डा.भट्टराइले आफूहरुलाई पक्राउका आफैले आग्रह गरेको कुरा पनि सार्वजनिक भइसकेको छ भने डा.भट्टराइले भने आफ्नो पार्टीलाई चुनाव चिन्ह नदिएसम्म हिरासतमै पनि आन्दोलन जारी राख्ने बताएका छन् ।

थ्रेसहोल्ड जाजय भएको बताउँदै आएका भट्टराईले साना दलहरुलाई पनि साथ लिएर आइतबारदेखि आन्दोलन थालेका छन् । तर अान्दाेलनकाे पहिलाे दिन नै उनी पक्राउ परेका छन् । डा.भट्टराइले प्रहरी हिरासतमा पनि मिडियासँग  कुरा गर्दै अाफ्ना माग पूरा नभएसम्म हिरासतमै अान्दाेलन गर्ने चेतावनी दिएका छन् ।

दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिने क्रममा डा.भट्टराईलगायत अन्य एक सयजना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: