‘सायद–२’को ट्रेलरका लागि भव्य कार्यक्रमको आयोजना

चैत २० । नेपाली चलचित्र ‘सायद–२’ को ट्रेलर सार्वजनिक गर्नका लागि पनि भव्य कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

नेपाली चलचित्र बजारमा ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न’ जस्ता सफल चलचित्रहरु दिइसकेको दुर्गिश व्यानरको यस चलचित्रको ट्रेलर नयाँवर्षको अवसर पारेर भव्य कार्यक्रमका साथ सार्वजनिक गर्ने बताइएको छ ।

याे पनि पढ्नुस  शुक्रबारे साइतमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद–२’ काे भिडन्त

‘न्यू इअर इभ म्यूजिकल नाइट’ नाम दिइएको उक्त कार्यक्रममा विभिन्न विशिष्ट कलाकार तथा पत्रकारहरुकाबीच ‘सायद–२’ टिमको उपस्थितिमा ट्रेलर रिलिज गरिने फिल्मका निर्माता तथा दुर्गिश व्यानरका सुनील रावलले जानकारी दिए ।

कार्यक्रम चैत ३१ गते साँझ ५ बजेदेखि इन्टरनेसनल क्लब, सानेपामा हुने कार्यक्रममा विभिन्न डिजेहरुको पनि प्रस्तुति रहनेछ ।

याे पनि पढ्नुस  शुक्रबारे साइतमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद–२’ काे भिडन्त

२०७४ साल असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म ‘सायद–२’ को मुख्य भूमिकामा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे तथा निर्माता सुनील रावलकोसमेत अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्