चीनमा बर्ड फ्लुका कारण एकको मृत्यु

बेइजिङ  (चीन), चैत २१ । चीनको मध्य क्षेत्रमा अवस्थित हुनान प्रान्तमा फेला परेका बर्ड फ्लु (एच७ एन९) सङ्क्रमित नयाँ बिरामीमध्ये एक जनाको आइतबार मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मार्च २४–३० सम्मको समयमा थप छ जनामा बर्ड फ्लु सङ्क्रमण भेटिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा यस क्षेत्रमा देखिएको चिसो मौसम र वर्षासँगै थप व्यक्तिमा सङ्क्रमण भेटिएको प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबार जनाएको छ ।

चीनमा देखिएको बर्ड फ्लुको सङ्क्रमणसँगै हुनान प्रान्तको राजधानी थङसामा मार्च १७ देखि जिउँदो कुखुरा व्यापारमा तीन हप्ताका लागि प्रतिबन्ध लगाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: