त्रिभुवन बिमानस्थलमा चितुवा पस्यो, खोजी कार्य जारी

काठमाडौं, चैत २१ । त्रिभुवन अन्तर्रराष्ट्रिय बिमानस्थलमा चितुवा पसेको छ । सोमबार बिहान करीब ७ बजे रनवेमा बिमानस्थलमा अकस्मात चितुवा देखिएपछि केही बेरको लागि बिमानस्थल बन्द गरिएपनि अहिले खुलिसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

बिमानस्थलभित्र चितुवा देखिएपछि उडनको लागि तयार उडानहरु प्रभावित भएका थिए ।

ठाकुरका अनुसार बिमानस्थलको सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । सिकारी र सुरक्षाकर्मी मिलेर देखिएको चितुवाको खोजी कार्य गरिरहेका छन् ।
सात बजे देखिएको चितुवा अहिले कतै भेटिएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: