सानातिना विवादमा अल्झेर निर्वाचनलाई अबरोध पुर्यायन हुन्नः नेता नेपाल

पोखरा, चैत २१। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सानातिना बिवादका अल्झिएर निर्वाचनलाई अबरोध पुर्याउन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको
निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरेका हुन् ।

उनले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताए ।
नेता नेपालले भने– “अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।”

प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरे ।

उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: