मुग्लिन-नारायणगढ सडक खण्डमा ढिस्को खस्दा एकको मृत्यु, केही सवारी पुरिए

चितवन, चैत २१ । सोमबार बिहान मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा ढुङ्गासहितको पहाडको ढिस्को खसेर सवारी पुरिँदा एकजनाको ज्यान गएको छ । पहिरोले नीजि कार, दुईवटा ट्रक, दुईवटा मोटरसाइकल लगायतका सवारी पुरेको प्रहरीले जनाएको छ ।

घटनामा अन्य दुई जना घाइते भएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए। पहिरोमा ट्यांकर पुरिँदा त्यसका चालक पनि घाइते भएका छन्।

सडक निर्माण गर्ने क्रममा ढिस्को खसेको बताइएको छ ।

घटनालगत्तै प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ ।

केही समयदेखि  मुग्लिन-नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्