आजपनि नेप्से आकाशियो, लाग्यो दोस्रो सर्किट

काठमाडौं,चैत २१ । नेप्से परिसुचक आकाशिएको छ । सोमबार बजार खुलेको १२ मिनेटमा नै ३ प्रतिशतले सेयर बजारमा वृद्धिभई पहिलो सक्रिट लागेको थियो । १५ मिनेटपछि ११ बजेर २७ मिनेटमा सुचारु भएको बजार ११ बजेर २९ मिनेटमा दोस्रो सर्किट लागेको हो । अब बजार ११ बजेर ५९ मिनेटमा सुचारु हुनेछ । अाज नेप्से परिसुचक ६७ दशमलब ४१ अंकले बढेर १७३४.५२को उचाइमा पुगेको छ ।

कारोबार शुरु भएको करिब १२ मिनेटमा मा नेप्से परिसूचक ५१.१२ अंकले बढेर १७३४ दशमलब २३ अंकमा पुगेको छ ।

उक्त १२ मिनेटको अवधिसम्म १२ करोड ४४ लाखरुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । ७३ कम्पनीको २७ लाख ९५ लाख ५ सय ९८ कित्ता शेयरको कारोबार भएको छ । कारोबार भएका सात वटै समूहको परिसूचक उकालो चढेका छन् ।

बीमाको मात्रै २०९।१९ अंक, बैक समूह ६४.६८, होटल्स समूह ६.५९, विकास वैक समूह ३३।८३, हाइड्रोपावर समूह ५३.७२, फाइनान्स समूह ३.५९ र अन्य समूह ६.९४ अंकले उकालो लागेको छ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: