उपनिर्वाचनमा म्यानमारको सत्ताधारी दल एनएलडीको बहुमत

म्यानमार, चैत २१ । प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको दल ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) ले संसदमा खाली १९ सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा झन्डै आधा सदस्य विजय गराउन सफल भएको यहाँको निर्वाचन आयोगले आइतबार जनाएको छ ।

सुकीको एनएलडीले १९ सदस्यमध्ये नौ सदस्य जितेको छ भने आदिवासी नेता खुन हटुन ओको सान नेसनल लिग फर डेमोक्रेसी (एसएनएलडी) ले दुई प्रतिनिधि सभा सदस्यसहित छ सिट जितेको छ ।

यस्तै युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले दुई सिट जितेको छ । बाँकी दुई सिटमध्ये अल नेसनल डेमोक्रेसी पार्टी र अराकन नेसनल पार्टीले एक÷एक सिट जित्न सफल भएका छन् ।

बहुदलीय संसदीय उपनिर्वाचनमा शनिबार करिब २० लाख मतदाताले आफ्नो प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गर्दै मतदानमा सहभागी भएका थिए ।

उपनिर्वाचनमा जम्मा ९४ उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा ८७ जना राजनीतिक दलका तर्फबाट उम्मेदवार थिए भने बाँकी सात स्वतन्त्र उम्मेदवार थिए ।

कमेन्ट गर्नुहोस्