२५ वर्षपछि कोलकत्ताबाट कल्पनाको उद्धार

काँकरभिट्टा, चैत २१ । सप्तरी जिल्ला फतेपुरमा जन्मिएकी कल्पना विष्ठ २५ वर्षअघि परिवारसँग बिछोड भएकी थिइन् । केही समयअघिमात्र उनलार्इ भारतकाे कोलकत्ताबाट उद्धार गरिएको छ ।

उनलार्इ भारतकाे काेलकत्ताकाे एक मानसिक अस्पतालबाट घर फर्काइएकाे छ । उनी सानै छँदा अामाले घरबाट  लिएर  हिँडेपछि सम्पर्क विहीन भएका  थिए।  कल्पनाकाे अामाले मामाघरबाट  सिक्किम  निवासी गोविन कार्कीसँग ९ वर्षमा विवाह गरार्इदिएकी थिइन् ।विवाह भएकाे १ वर्षपछि छाेरा भएकाे र केही समयपछि घरझगडाका कारण उनले घर छोडन् बाध्य भएकी थिइन् ।

केही समयअघि उनलार्इ एक्कासी सडकमा मानसिक सन्तुलन गुमाएकी अवस्थामा फेलामा परेपछि प्रहरीले मानसिक अस्पतालमा पुर्याएका थिए । १६ महिना अघिमात्र मानसिक अस्पतालमा भर्ना भर्इ उपचार भइरहेकी कल्पनाकाे बारेमा बुझ्नका निम्ति सोही अस्पतालले नै नेपालमा महिला बालबालिका उद्धारको क्षेत्रमा कार्यरत विश्व सेवा बिस्तार संस्थालाई उनको परिवार खोजी दिन आग्रह गरेको थियो ।

सस्थाले कल्पनाको दाजु चन्द्र बहादुर विष्ट र सस्थाका कर्मचारी डिबि राना सहितको टोली एक साता अघि कोलकत्ता पठाएको थियो ।

सो टोलीले त्यस अस्पतालमा रहेकी कल्पनाको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी शनिवार नेपाल फकाएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डिएसपी दुर्गा राज रेग्मी,सस्थाकी शाखा ईन्चार्ज मुना आचार्य,सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल,लगायतको उपस्थितिका बिच कल्पनालाई परिवारको जिम्मा लगाइएको छ ।

उता सो अस्पतालले यस्ता मानसिक रोग सम्बन्धी समस्या भएका नेपाल तथा भारतका २ सय ७० भन्दा बढी बिरामीको उपचार गरिराखेको अस्पताल स्रोतको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: