शनिबारदेखि लागू भएकाे रक्सी प्रतिबन्धले १० लाखले गुमाए रोजगारी

नयाँदिल्ली । भारतमा सर्वोच्च अदालतको आदेशअनुसार अप्रिल १ देखि राष्ट्रिय राजमार्ग र प्रदेश राजमार्गहरुबाट पाँच सय मिटर वरपर रक्सी विक्रीमा रोक लगाइएको छ ।

अघिलो वर्षको डिसेम्बर १५ मा अदालतले दिएको आदेश शनिबारदेखि लागू गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही भारतीय पहाडी प्रदेशहरुमा भने अदालत लचिलो हुँदै प्रस्तुत भएको छ ।

२० हजार जनसंख्या र सिक्किम, मेघालय र हिमान्चल प्रदेशका राजमार्ग वरपरि २ सय २० मिटर दुरीमा रक्सी बेच्च नपाइने निर्देशन उसले दिएको छ । यो आदेशले होटल र रेस्टुरेन्टहरुमाा विक्री हुने रक्सीमा समेत पैतिवन्ध लगाइएको छ ।

अदालतको आदेशले मुलुकभरकाराष्ट्रिय र राजमार्ग र प्रदेश राजमार्गमा विदेशी, स्वदेशी रक्सी र वियरका पसल बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश लागू भएपछि मुलुकभर करिब १० लाखको नोकरी संकटमा परेको दी इनकोमिक्स टाइम्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: