मुग्लिन पहिरोमा फसेका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत २१ । गृहमन्त्री बिमलेन्द्र निधिले  मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा नाै वटा सवारी पुरिएर फसेका मानिशहरुको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

सोमबार बिहान साढे १० बजे उक्त सडक खण्डमा ढुङ्गासहितको पहिरो खस्दा एक जनाको घटनास्थलमै र अर्का एकलाई उपचार गर्न लैजादैँ गर्दा मृत्यु भएको थियो । ढिस्कोले पुरिएका दुई जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ ।

घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिए ।

आज बिहान १०ः३० बजे एक्कासी पहाडको ढिस्को खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनि ट्रक र एउटा कार पुरिएको हो ।

घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।

घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठार्इ सकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: