नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो, दुईको मृत्यु, नौ गाडी पुरिए

चितवन, चैत २१ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।

बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

तस्वीरहरु: सामाजिक सञ्जाल

कमेन्ट गर्नुहोस्