मुग्लिङ सुख्खा पहिरोमा फसेकाको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

सेनाको हेलिकोप्टर तयारीमा

काठमाडौं, चैत २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खा पहिरोमा परेकाहरुको उद्धारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

साेमबार  बिहान १०:३० बजे उक्त सडकखण्डमा ढुङ्गा सहित खसेको पहिरोले नाै वटा सवारी साधनलार्इ पुर्दा दुई जनाकाे मृत्यु भएकाे थियो । पहिरोले पुरिएकाहरुको तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

याे पनि पढ्नुस  मुग्लिन पहिरोमा फसेका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले परेकाे खण्डमा घाइतेहरुलाई काठमाडाै‌ँ ल्याउनका लागि सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्न नेपाली सेनालाई निर्देशन दिएका थिए।  उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।

याे पनि पढ्नुस  अब ३५ मिनटमै नारायणगढ-मुग्लिन सडक पार !

त्यस्तै ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइएको छ ।

घटनाको जानकारी पाए लगत्तै गृहमन्त्री विमलेन्द्र निधिले पनि सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए ।

कमेन्ट गर्नुहोस्