प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, चैत २१ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेट गर्न पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारबीच स्थानीय तह निर्वाचन, संविधानप्रति असन्तुष्ट दलसँग सहमतिका लागि भएका प्रयासका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणबारे पनि उनले राष्ट्रपति भण्डारीसमक्ष जानकारी गराएका थिए ।

भेटमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतलगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्