चितवनमा वाईसीएलको नगर सम्मेलन

चितवन, चैत २१ । वाईसियल् नेपाल रत्ननगर नगरपालिकाको नगर सम्मेलन रत्ननगर टाडीँमा सम्पन्न भएको छ ।

माओबादी केन्द्रका कार्यालय सदस्य बिश्वभक्त दुलाल ‘आहुति’को प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनमा नगर ईन्चार्ज बिकास राईको अध्यक्षता ग्रहण गरेका थिए ।

कार्यक्रममा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, सह ईन्चार्ज कंचन खनाल, वाईसियल् ३ नं प्रदेश सह ईन्चार्ज ईश्वर सापकोटा सुमन,केन्द्रिय सदस्यहरु संगिता भट्टराई, सुबोध, संकल्प, सुरेश सिहँ, वाईसियल् जिल्ला सह ईन्चार्ज सन्तोष पनेरु, जिल्ला संयोजक मोधराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनले शिलोन बरालको अध्यक्षतामा कृष्णचन्द्र श्रेष्ठ उपाध्यक्ष,बिकास पौडेल सचिव, मार्को महत्तो सह सचिव र कोषाध्यक्षमा अमृत लामिछाने रहेको ३५ सदस्यिय नगर समितिको गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: