माओवादी केन्द्रको लाल किल्ला बन्दै उदयपुर

तोपराज ठकुरी

उदयपुर, चैत्र २१ । स्थानीय तहको चुनाव नजिकिदै जाँदा उदयपुर जिल्ला भने नेकपा माओवादी केन्द्रमय बन्दै गएको छ । केही दिनदेखि माओवादी केन्द्र उदयपुरले ८ वटा स्थानीयको ७५ वटै वडाहरुमा एकसाथ चलाएको अभियान अन्तिचरणमा पुगेको हो ।

माओवादी केन्द्रले स्थानीय तहमा पुर्नसंरचना भएपछि चलाएको पहिलो अभियानले पुर्णता पाउँदै गएको छ । पहिलो चरणमा वडा सम्मेलन गर्दै गाँउपालिका र नगरपालिकाको सम्मेलनमा प्रवेशको माओवादी केन्द्रमा जिल्ला व्यापी रुपमा हजारौंको संख्यामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र उदयपुरका केन्द्रिय महाधिवेशन आयोजन समितिका सदस्य युदप्रसाद ढकालले बताए । ‘पार्टीले जिल्ला व्यापी रुपमा चलाएको यस स्थानीय तहको निर्वाचनमा जनतामा माओवादी केन्द्रप्रति उत्साहा देखियो,’ ढकालले भने, ‘त्रियुगा नगरपालिका मात्रै ८ सयको संख्यामा नेकपा एमाले र नेपाली काङग्रे, राप्रपाका नेता कार्यकर्ता प्रवेश गरेका छन् ।’

ढकालका अनुसार जिल्ला व्यापी रुपमा सञ्चालन गरिएको जनताको माओवादी जनताको घरमा भन्ने अभियामा ८ वटा स्थानीय तहको ७५ वतै वडामा प्रवेश गर्नेको घुईचो लागेको थियो । जिल्लाका प्रभावशाली नेताहरुले प्रवेशीलाई स्वागत गरेका थिए । कटारी, त्रियुगा, चौदण्डी, बेलका नगरपालिका र ताप्ली, रौतामाई, सुनकोसी र उदयपुरगढी गाँउपालिकामा समेत एमाले र काङग्रेसका पुर्व वडा अध्यक्ष, सदस्य तथा जिल्ला नेताहरु प्रवेश गरेका हुन ।

नयाँ संरचनामा बनेको त्रियुगा नगरपालिकाको जम्मा १६ वटा वडामा १४ वटा वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ भने त्रिनपाको १ नम्वर वडामा चैत्र २२ गते, ३ मा २१ गते वडासम्मेलन हुने केन्द्रिय महाधिवेन आयोजक समितिका सदस्यत तथा त्रिनपा ईन्चार्ज ढकालले बातए । वडा सम्मेलन सम्पन्न भएका वडाहरुमा २१ सदस्य कार्य समिति र ११ जना बैकल्पिक सदस्य सहित जनबर्गिय संगठनको समिति पुर्न गठन गरिएको छ ।

चैत्र ८ गतेबाट सुरु भएको वडा सम्मेलनबाट त्रिनपा २ मा टेकबहादुर राईको अध्यक्षमा, ४ मा गोबिन्द खड्काको अध्यक्षतामा, ५ मानबहादुर खड्को अध्यक्षतामा, ६ केदार दाहालको अध्यक्षतामा, ७ मा डिगबहादुर कार्की, ८ रणबहादुर बिक, ९ रामकुरमा पौडेल, १० मा प्रेम खालिङ, ११ मा कमला राई, १२ मा शंकर बिष्ट, १३ मा मकरबहादुर राई, १४ बेदबहादुर राई, १५ तुलबहादुर मगर, १६ मदम रखाल मगरको अध्यक्षतामा वडा कार्य समिति बनेको छ । यसैगरी गाँउपालिका तर्फपनि वडासम्मेलन भव्य रुपमा सम्पन्न भईरहेको माओवादी केन्द्र उदयपुरको दाबी छ ।

माओवादी केन्द्र केन्द्रिय आयोजक समिति सदस्य पदम दाहालका अनुसार ताप्ली गाँउपालिकाको गाँउपालिकाकै सम्मेलन सम्पन्न भएको छ । ताप्ली गापाको प्रथम सम्मेलनबाट प्रेमबहादुर राईको अध्यक्षतमा ५१ सदस्य कार्यसमिति बनेको छ । ‘ताप्लीले पहिलो चरणको कार्यक्रम सकेको छ,’ दाहालले भने, ‘दोस्रो चरणमा माओवादी केन्द्रको विशेष चुनावी कार्यक्रम सञ्चालन हुनेछ ।’ सुनकोसी गाँउपालिकाको २६ गते प्रथम सम्मेलन सम्पन्न हुने भएको छ । यसैगरी त्रियुगा नगरपालिकाको ३० गते गाईघाटमा भव्य रुपमा नगरसम्मेलन हुने भएको छ भने चैत्र अन्तिमा ८ वटैमा सकिने माओवादी केन्द्र उदयपुरले जानकारी दिएको छ ।

स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको जीतले मात्र पिछडिएका वर्ग, आदिवासी, जनजाती, मुस्लिम, दलित, थारुको मुद्धा र अधिकारले स्थायित्व पाउने बारेमा पनि जनसमुदायसँग छलफल गरेको माओवादी केन्द्रका उदयपुरका सह संयोजक तथा प्रचार प्रसार विभागका प्रमुख जीवनकुमार कार्की कुशले बताए । ‘चुनाव जित्ने आधारका बारेमा पनि जनतासँग राय सुझाव लिने अभियानमा समेत छौ ।’ कार्कीले भने, जनताकै साथ सहयोगमा र सुझावकै आधारमा ८ वटै स्थानीय तहमा गाँउपालिका र नगरपालिका प्रमुख देखि वडा अध्यक्षहरु, वडा सदस्यहरु निर्वाचनमा जित्ने र जिताउन अभियानमा लागेका छौ ।’

जनसहभागिता मूलक स्थानीय तह गठन, सार्वजनिक प्रशासनको आधार, कृषि ग्रामिणबस्तीको आधार नै ग्रामिण पुर्वाधारको विकास, आदिवासी जनजातीलाई अग्राधिकार, श्रम र रोजगार, शिक्षा, स्वस्थ्य, रोजगार सरकारको दायित्व पछाडि पारिएकाको विशेष अधिकार, जनयुद्धका सहिद अपांग परिवारको सम्बोधन लगायतका बारेमा माओवादी केन्द्र उदयपुरले वहस चलाएको छ ।

माओवादीको कार्यक्रमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाका वडाहरुमा भएका सम्मेलनमा नेकपा एमाले र नेपाली काङग्रेस परित्याग गर्नेहरुको भीड बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: