आधा दर्जन कांग्रेसका विद्यार्थी नेता वाइसिएलमा प्रवेश

लोकेश धामी

कैलाली, चैत २१ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन (नेविसंघ) आवद्ध करिब आधा दर्जन विद्यार्थी नेता माओबादी केन्द्रको भातृ संगठन वाइसिएलमा प्रवेश गरेका छन् ।

धनगढीमा एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल धामीले उनीहरुलाई स्वागत गर्दै आगामी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा उनीहरुलाई पद सहित जिम्मेवारी दिइएको छ ।

याे पनि पढ्नुस  हामी सबैले मिलेर बनाउनुपर्यो

आज प्रवेश हुनेहरुमा जिल्ला वाइसिएल उपाध्यक्ष रहने गरि कमल कठायत त्यस्तै बझाङ छविस गाउँपालिका वासिएलको उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, सह–सचिवमा दिपक कठायत यस्तै सदस्यहरुमा रुपक कठायत, नरेश सिंह लगायतका व्यक्ति वाइसिएलमा प्रवेश गरेको जनाइएको छ ।

अब गाउँ तथा जिल्लाको विकासका लागि निरन्तर अगाडी बढ्ने संगठनका छविस गाउँपालिकाका उपाध्यक्ष ज्ञानेन्द्र सिंहले बताए । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको चुनाव जित्नका लागि विभिन्न रणनितीकासाथ आफ्नो पार्टी अगाडी बढि रहेको छविस गाउँपालिकाका अध्यक्षका उम्मेदवार निर्मल धामीले बताए । उनले अझै अन्य पार्टीबाट माओबादी केन्द्रमा समाहित हुने कार्यक्रताको संख्या रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्