नगरपालिका र गाउपालिकामा मोर्चाको तालाबन्दी ।

रबिन्द्र यादव

नवलपरासी, चैत २१ । नवलपरासीको अधिकांश गाउँपालिका साबिक गा.वि.स.हरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ताला बन्दी गरेको छ ।

संविधान संशोधन नगरी मधेशी थारु जनजाती, आदिबासी लगायतहरुको जायज माग बेवास्ता गरेको र सिमाकंन सहितको संबिधान संसोधन नभएसम्म मधेशमा कुनै किसिमको निर्वाचन हुन नदिने मोर्चाका कार्यकर्ताहरुले बताउँदै आएका छन ।

जिल्लाका त्रिबेणी सुस्ता, रुपौलिया, कुडिया, नर्सही, पक्लिहवा गाविसहरु प्रदेश नं. ४ मा राखेकोले प्रदेश नं. ५ मा राख्नु पर्ने साबिक गाबिसहरुका बासिन्दाहरुले जागरण अभियान, बिरोध प्रदर्शन, धर्ना गर्दै आएका छन ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले हिजो गरेको निर्णय अनुसार आज जिल्लाको बिभिन्न नगरपालिका गाउपालिका र साबिक गाबिसहरुमा तालाबन्दी गरेको हो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार बिरुदृ नारा बाजी गर्दै जिल्लाको रामग्राम नगरपालिका साबिक सनई, सुक्रौली, हकुई, दे­वगाव, प्रतापपुर गाउपालिका साबिक जमुनिया, सोमनी, ठूलो खैरटवा, बैदौली, गुठीपर­सौनी, प्रतापपुर, पाल्हीनन्दन गाउपालिका साबिक रमपुरवा, हरपुर, कुश्मा­, पाल्ही, गेरमी, सनई, सरावल गाउपालिका साबिक रामपुर खडौना, भुजहवा, बडहरादुबौलिया­लगायत गाविसहरुमा तालाबन्दी गरेको मोर्चाका जिल्ला संयोजक मुकुल गिरीले जानकारी दिएका छन् ।

जसमध्ये प्रतापपुर गाऊपालिका साबिक जमुनिया र सरावल गाऊपालिका साबिक भुजहवामा पहिलेदेखि ताला बन्दी गरिएको थियो । नया संगरचना अनुसार नवलपरासीमा सात नगरपालिका र आठ गाउपालिका गरि १५ स्थानिय तह बनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: