सञ्चारकर्मी मारिँदा पत्रिका प्रकाशन नै बन्द

काठमाडौं, चैत २१ । मेक्सिकोमा सन्चारकर्मीमाथि हुने हिंसाविरुद्ध स्थानीय पत्रिकाहरुले आफ्नो प्रकाशन बन्द गरेका छन् ।

पत्रिकाहरुले आफ्ना सहकर्मीमाथि बढ्दो हिंसा र कारबाही गरिएका कारण बाध्यतावश प्रकाशन बन्द गरेको जनाएका छन् ।

गत महिना ‘नोर्टे डी सियुडाड जारेज’ पत्रिकाका एक पत्रकार मिरास्लाव ब्रीचको गोली हानी हत्या गरिएको थियो । मार्चमा अरु दुईजना पत्रकारको पनि हत्या भएको थियो ।

ब्रीचले संगठित अपराध र राजनीतिज्ञबीचको सम्बन्धमा गहिरो रिपोर्टिङ गरेका थिए । उनीमाथि आफ्नै निवासबाहिर आठ गोली हानिएको थियो ।

मेक्सिकोमा सन् १९९२ यता ३५ पत्रकारको हत्या भएको छ ।

मारिनेमा एक चौथाइ पत्रकारहरुमाथि विभिन्न किसिमका यातना दिइएको थियो । ९एजेन्सी०

कमेन्ट गर्नुहोस्

%d bloggers like this: