युनिभर्सिटी कप क्रिकेटमा १६ कलेजको सहभागिता हुने

काठमाडौं, चैत २१ । भोलिदेखि राजधानीको त्रिवी क्रिकेट मैदानमा युनिभर्सिटी कप क्रिकेटको सुरुवात हुँदैछ ।

२९ गतेसम्म संचालन हुने उक्त प्रतियोगितालाई युनिभर्सिटी क्रिकेट क्वलले आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ वटा कलेजले भाग लिने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।

स्कुल तथा कलेजका विद्यार्थीहरुबाट स्तरीय क्रिकेट खेलाडीको उदय होस् भन्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक युनिभर्सिटी क्रिकेट क्लवले जनाएको छ ।

कमेन्ट गर्नुहोस्