असारमा ‘म यस्तो गीत गाउँछु’

चैत २१ । चलचित्र निर्माण भन्दा पनि प्रदर्शनका लागि साइत मिलाउन गाह्रो पर्ने बताउने नेपाली चलचित्र उद्योगमा वि.सं. २०७४ मा भने धेरै चलचित्रले हलहरुमा ठाउँ पाउने भएको छ । चलचित्र निर्माणको होड नै चलिरहेका बेला फिलिम ‘म यस्तो गीत गाउँछु’ ले आगामी असारका लागि हलमा ठाउँ पाएको छ ।

म यस्तो गीत गाउँछुु निर्माण टिमले आफ्नो फिल्म असार ३० मा चलचित्रमा ठाउँ पाउने बताएको छ । हाल छायांकनको अन्तिम चरणमा रहेको यस फिल्मले सबै काम सकेर असार अन्तिमसम्ममा दर्शकमाझ ल्याउने निर्माता÷निर्देशक सुदर्शन थापाले बताएका छन् ।

प्रेमकथामा आधारित यस चलचित्रमा पल शाह र पूजा शर्माको प्रमूख भूमिका रहेको छ भने चलचित्रमा अभिनेत्री पूजा शर्माको पनि लगानी रहेको बताइएको छ ।
चलचित्रले दर्शकको मन जित्नेमा विश्वस्त रहेको निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: