सैफकी छोरी सारा, बलिउडमा डेब्युसँगै कामुक दृष्य

काठमाडौं, चैत १९ । बलिउड सुपरस्टार सैफ अली खानले बलिउड वेवो करिना कपुरसँग विवाह गरेर यसै वर्षमात्रै छोराको बाबु बनेका छन् । तर उनकी पहिलेकी श्रीमती अमृताबाटकी छोरी सारा अलि खान भने बलिउडमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् ।

सोसियल मिडियामा आफ्नो कामुक फोटाहरु पोस्ट गरेर एकाएक चर्चामा आएकी सारा सुन्दरता र बौद्धिकतामा अरु बलिउड हिरोइनभन्दा कम छैनन् ।

उमेरले २३ वर्षमा प्रवेश गरेकी सारालाई अब आउने ‘स्टुडेन्ट अफ द एअर–२’मा करण जौहरले ‘ब्रेक’ दिन लागेका हुन् ।

भारतीय सन्चारमाध्यमहरुकाअनुसर उनले फरक तीनओटा कामुक दृष्यमा विकिनी लगाएर अभिनेता टाइगर श्राफसँग रोमान्स गर्ने भएकी छन् । करण जौहरले डेब्युमै उनलाई सबै जवानी देखाउने तयारीमा लागेका छन् ।

बलिउडमा धेरै हिरोइनहरुको भविष्य कोरिसकेका निर्देशक करण जौहरले धर्म प्रोडक्सनको सहकार्यमा सारालाई मौका दिएका हुन् ।

करण जौहरले सारालाई बलिउड क्षेत्रको कामुकतालाई नयाँ अध्यायबाट सुरु गर्ने र त्यसमा साराको ‘बोल्ड’ शैली उतार्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्