माओवादी केन्द्रको ‘गाउँ–गाउँमा फ्री वाइफाई’ नाराबाट किन शसंकित छन बिरोधीहरु?

स्थानीय चुनाब नजिकिदै गर्दा माओबादीको यो नारालाइ प्रोपोगाण्डाको रुपमा फैलाइ बिपक्षी पार्टीहरुले बिरोधको अभिष्ट पुरा गर्ने अभियान नै संचालन गरेतापनि माओबादीको यो प्रतिबद्धता जनमुखी र जनहितको लागी हो भन्नेमा कुनै दुईमत छैन ।

माओवादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएको ‘गाउँ–गाउँमा फ्री वाइफाइ ’ भन्ने नारा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यही विषय अहिले बहसको रुपमा समाजिक सञ्जाल भरिएको छ ।

विशेष गरी सामाजिक ,साँस्कृतिक रुपान्तरणमा  सामाजिक सञ्जालको सकरात्मक प्रयोगले कतिसम्म भुमिका निर्बाह गर्न सक्छ भन्ने सोच्नुभन्दा पनि आँखा चिम्लेर बिरोधी मानसिकता प्रदर्शन गर्नेहरुको जमात ठूलै देखिन्छ ।

सामाजिक ,साँस्कृतिक र शिक्षाको गुणात्मक विकाशका लागि समयको माग अनुसार सञ्चारको बिकाश गर्न सकिएमात्र बिकाश र परिवर्तन हुन सक्ने कुरालाइ मध्यनजर गर्दै  माओबादी केन्द्रले ‘गाउँ–गाउँमा फ्री ’ वाइफाइको मुद्धा लिएर चुनावी अभियान सुरु गरेको छ ।

तर इन्टरनेट जनताको आधारभुत आवश्यकता भन्दा पनि यस्तो  प्रतिबद्धता जनहित बिपरित भएको भन्दै यथास्थितिबादी र बिकाश बिरोधीहरुले जनतामा भ्रम फैलाउन  मानसिक दरिद्रताको उदाहरण पेश गरिरहेका छन ।

स्थानीय चुनाब नजिकिदै गर्दा माओबादीको यो नारालाइ प्रोपोगाण्डाको रुपमा फैलाइ बिपक्षी पार्टीहरुले बिरोधको अभिष्ट पुरा गर्ने अभियान नै संचालन गरेतापनि माओबादीको यो प्रतिबद्धता जनमुखी र जनहितको लागी हो भन्नेमा कुनै दुईमत छैन ।

जनताको आधारभुत आवश्यकता नै ओझेलमा पार्ने गरी घोषणा गरिएको यो नारा हास्यास्पद छ भनेर हुइया फैलाउनेहरु तिनै हुन जुन बेला कृष्ण बहादुर महराले संचार जगतको बिकाश भए मात्र समग्र देशको बिकाश हुने भन्दै संचार बिकाशको अभियान अगाडी सार्दा संस्कृती बिरोधीको आरोप लगाएका थिए ।

गाउँ–गाउँमा फ्री वाइफाइ भन्ने नारालाइ आपत्ती जनाउनेहरुले कतिपय लज्जास्पद उत्तर दिने सामर्थ्य राख्न सक्नु पर्छ । त्यसो भए
हिन्द माहासागरमा समुन्द्री जाहाज गुडाउने नारा लगाउदै गर्दा किन आपत्ती जनाउन सकिएन ? भुकम्पको पिडाले थलिरहेका जनताहरुमा राहतको सट्टा स्मार्ट सिटीमा स्तान्तरण गर्ने सपना बाडीरहदा किन बिरोध गर्न सकिएनर ?

महङ्गीको पिडाले दुई छाक खान धौ–धौ परिरहेका जन्ताहरुमा घर–घरमा ग्यासपाइप लाइन जोड्ने नारा घन्काउदै गर्दा किन गलत हो भन्न सकिएन?

यी र यस्ता असम्भावी  बिषयबस्तुहरु भ्रम थिएनन भनेर भन्न नसक्नेहरुले गाउँ–गाउँमा फ्री वाइफाइ भन्ने नारा आपत्तीको रुपमा लिनेहरु आफू कुन युगको नेर्तुत्व गर्दै छु भन्ने कुरा छुट्ट्याउन अत्यन्त आवश्यक देखिन्छ ।

पुर्व सञ्चारमन्त्री कृष्ण बहादुर महराले हात–हातमा मोबाइल भन्ने नारा घोषणा गरेको आधा दशक पनि नबित्दै नेपालका धेरै जसो जनताको हातमा मोवाईल आइसकेको छ । सञ्चारमाध्यमले अश्लिल सँस्कृतीलाइ मलजल गरेको भनेर निर्धक्क लज्जास्पद र हल्का अभिव्यक्त्ति दिनेहरुको भिडभाडमा फ्री वाइफाइको बिरोध गर्नेहरु बौदिक मानसिक रोगीहरु हुन की जस्तो देखिन्छ ।

सहरकेन्द्रीत गुणस्तरीय शिक्षालाई गाउँ–गाउँमा पहुँच बनाउनका लागि फ्री वाइ फाइ महत्वपुर्ण हुन्छ की भन्ने डरले  यथास्थितिबादीहरु यसको बिरोधमा भ्रम फैलाइ शासकिय सम्राज्य बचावट गर्न लागी परेका छन ।

यी कुरा जनताले बुझ्नु पर्ने समय आएको छ । हरेक ठाउँलाई ग्लोबल भिलेजको रुपमा बिकाश गर्न चाहने माओबादी केन्द्रका उर्बर प्रतिबद्धताहरुलाई निस्तेज बनाउनका लागी शासकहरुका सहयोगीहरु  भ्रम फैलाउन अहिले गाउँ–गाउँमा प्रयोग भैरहेका छन् । यी र यस्ता कुराहरुमा सबै जना सचेत हुनु पर्ने जरुरी देखिन्छ ।

पछिल्लो समय मुलधारका मिडियाहरुले प्रकाशमा ल्याउन नसकेका कतिपय महत्वपुर्ण क्रियाकलाप समेत सामाजिक सञ्जालहरुमा वहसको बिषय बन्दै आएको छ ।  यद्यपी ग्रामीणका कुनाकाप्चामा लुकेका र लुकाइएका घटना र परिघटनाहरु इन्टरनेट प्रयोगकर्ताहरुको निसाना बन्न सक्छन भन्ने पनि कथित यथास्थितीबादीहरुमा भय मौलाएको छ ।

‘गाउँ–गाउँमा फ्री वाइफाइ ’को अभ्यास अप्रत्यक्षरुपमा महाबिर पुनले बर्षौ अगाडी गरिसकेका छन । अब माअोवादी केन्द्रको यो प्रतिबद्धताले नेपाली जनतालाई महत्वपुर्ण र आधारभुत आवश्यकता पुरा हुनेमा विश्वास गर्न सकिन्छ । इन्टरनेटका फाइदा र वेफाइदा दुवै हुन सक्छन् । तर यसका  प्रयोगकर्ताहरुका लागी निश्चित योग्यता हुनुपर्छ भन्ने छैन । यसका प्रयोगकर्ताहरु सबै उमेर समुहका शिक्षितअशिक्षित सबै छन । सामान्य लेखपढ गर्न सक्ने पनि यस्को प्रयोगकर्ता बन्न सक्ने भएका कारण नेपालको परिवेशमा यसलाई बर्षौं पहिलेदेखि एउटा मागको रुपमा हेरिएको छ ।

आशा गरौं यो अभियान लगायत माओबादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएका जनमुखी लोकप्रिय प्रतिबद्धताहरुलाई जनताले आफ्नो क्षेत्रबाट पुर्ण सहयोग र समर्थन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्