आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण हत्याः गृहराज्यमन्त्री बानियाँ

जाजरकोट, चैत २२ । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताए ।

जाजरकोट सदरमुकाममा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए । अहिले अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उनले बताए ।

याे पनि पढ्नुस  आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

अप्ठ्यारो ठाउँमा नै बढी आपराधिक घटना हुने गरेको भन्दै माओवादीको युद्ध पनि अप्ठ्यारो ठाउँबाट भएको उनले बताए ।

जिल्लाका एनजिओ सुरक्षाका कारण देखाउँदै गाउँ जान अस्वीकार गरिरहेका बेला निर्धक्क भएर गाउँमा काम गर्न आग्रह गर्दै सरकारले शान्ति सुरक्षाको पाटो मजबुत बनाएको दाबी गरे।

याे पनि पढ्नुस  जुवाखालबाट ६१ हजारसहित छ जना पक्राउ

जिल्लामा छ जना प्रहरी निरीक्षकको दरबन्दी भएकोमा अहिले एकजना मात्रले काम चलाएको पाइएकाले तुरुन्तै दरबन्दीअनुसारको सुरक्षाकर्मी पठाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं १ का सभापति महेन्द्र शाहले हत्या भएका रवीन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गरे ।

याे पनि पढ्नुस  मिश्रको हत्यामा ज्वाला समूहको हात, प्रहरीले सार्वजनिक गर्यो पाँच आरोपी

निर्वाचन आचारसंहिता लागेका बेला गृहराज्यमन्त्री इन्द्र बानियाँले हेलिकप्टर प्रयोग गरेको भन्दै आलोचनासमेत भएको छ ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले आचारसंहिता विपरीत मन्त्रीले यस्तो गर्नु राम्रो नभएको बताए । राज्यमन्त्री बानियाँ सोमबार बिहान ११ बजे हेलिकप्टरबाट आएर अपरान्ह ४ बजे काठमाडौँ फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्