कक्षा कोठामा सर्प पसेपछि भागाभाग

बैतुल, चैत २२ । मध्य प्रदेशको बैतुल जिल्लामा  विद्यालयमा परीक्षा दिएका विद्यार्थीहरु अचानक कक्षाकोठाबाट भागाभाग गरेका थिए । कक्षाकोठाको झयालबाट एउटा लामो गोमन सर्प छिरेका कारण याे अवस्था सिर्जना भएकाे हो ।

यसरी कक्षााकोठामा सर्पलाई देख्नासाथ विद्यार्थीहरुमात्र होइन, शिक्षकहरु पनि डरले भागेका थिए ।

परीक्षा सोमबार बिहान ११ बजे केलापुरस्थित माध्यमिक विद्यालयमा सुरु भइरहेको थियो । सर्पको लम्बाईमात्र ५ देखि ६ फिटको रहेको भारतीय सञ्चार संस्था पिटिआईले जनाएको छ।

सर्पलाई पक्राउ गर्न पछि विशेषज्ञको टोली बोलाइएको थियो । शिक्षकका अनुसार ६ महिनाअघि पनि यस्तै एउटा ठूलो सर्प त्यही कोठामा प्रवेश गरेको थियो। स्कुल नजिकै जंगल र खेत भएका कारण सर्पको बिगबिगी बढेको धेरैको बुझाई छ।

कमेन्ट गर्नुहोस्