स्थानीय चुनाव गराउने यी हुन् ६ सय ६९ जना निर्वाचन अधिकृत

काठमाडौं, चैत २२ । अागामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ कको दफा ७ बमोजिम चैत २५ गतेदेखि लागू हुने गरी आयोगले ६ सय ६९ जनालाई अधिकृत तोकेको छ ।

आयोगले ७ प्रदेशका जिल्ला न्यायाधिस प्रमुख निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्