युवकको शव बेबारिसे अवस्थामा फेला

पर्वत, चैत २२ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट स्थित अर्मादीमा मङ्गलबार बिहान एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

त्यस्तै, बेवारिसे अवस्थामा फेला परेको शव कुस्मा नगरपालिकाका ४३ वर्षीय राजु केसीको रहेको प्रहरीले जनाएको छ ।

गत चैत १९ गतेदेखि हराइरहेका केसी दुई दिनपछि स्थानीय अर्मादीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार प्राप्त सूचनाका आधारमा त्यहाँ जाँदा मृत अवस्थामा केसीको शव फेला परेको छ ।

स्वास्थ्य परीक्षणका लागि सो शवलाई पर्वत जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्