फेरि २२ हजार घुससहित धनुषा नापीका कर्मचारी पक्राउ

जनकपुर, चैत २२ । फेरि २२ हजार घुससहित धनुषा नापीका कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासको टोलीले नापी कार्यालय धनुषाका नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आइतबार मात्रै नापी कार्यालय धनुषाकै अमिन कृष्ण जोसीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ नगद घुससहित अयोगले पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी !

आयोगका बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान ११ बजे सेवाग्राहीबाट लिएको घुससहित पक्राउ गरेको हो । सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा सर्वेक्षक ठाकुरलाई घुससहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  कस्ता कस्ता आरोप लगायो अख्तियारले पूर्व मन्त्री विक्रम पाण्डेमाथि?

कमेन्ट गर्नुहोस्