फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टीबीच एकीकरण हुने

काठमाडौं, चैत २२ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)बीच पार्टी एकीकरण हुने भएको छ ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी लोकतान्त्रिकबीच बुधबार एकता घोषणा हुने बताइएको छ ।

एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने प्रस्ताव गरिएको छ । संसद्‍मा फोरम लोकतान्त्रिकको १४ र जनमुक्ति पार्टीको २ सिट छ ।

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: